images
images

अनलाइन मार्फत हुने क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन


  • 318
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    अनलाइन मार्फत हुने  क्रिप्टोकरेन्सीका वेबसाइट र एप नेपालमा प्रतिबन्ध गर्न निर्देशन

    काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले अनलाइन  प्रविधि मार्फत हुर्ने नेटवर्किङ र क्रिप्टोकरेन्सी कारोबारसँग सम्बन्धित वेबसाइट तथा एपमाथि प्रतिबन्ध गर्न निर्देशन दिएको छ । अनलाइन प्रविधि प्रयोग गरी यस्ता कारोबार हुने गरेको भन्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई त्यसमा पहुँच पुग्न नसक्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । 

    अनलाइन प्रविधिमार्फत हुने बिटक्वाइनजस्ता क्रिप्टोकरेन्सी , हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायत गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायत भर्चुअल माध्यमहरू प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकलाई भनेको हो । ‘त्यस्ता वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सेवा प्रदायक संस्थाहरूलाई निर्देशन गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ ।

    उक्त निर्देशन पालना नगरे कारबाही हुने प्राधिकरणले जनाएको छ । यसअघि अर्को नियामक निकाय, राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा  जस्ता गैरकानुनी कार्यहरूमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको थियो ।

     


    images
    images

    Logo