काठमाडौं । एनआईसी एशिया बैंकका सीईओले २ करोड ३४ लाख रुपैयाँ तलव भत्ता लिएका छन् । बैंकले एक वर्षमा सीईओलाई तलवभत्ता बापत २ करोड ३४ लाख ३ हजार रुपौयँ भुक्तानी गरेको हो ।
बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा भत्ता सहित कुल वार्षिक तलब बापत १ करोड ८० लाख रुपैयाँ प्राप्त गरेका छन् । नियम अनुसार उनले कर्मचारी बोनस बापत ५२ लाख ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बैंकले उनलाई अन्य सुविधा बापत ९० हजार मात्रै दिएको छ ।यस आर्थिक वर्षमा बैंकको कुल कर्मचारी खर्च भने ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।