काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा नेपाली टिम डीआरएस उपविजेता बनेको छ । इन्डोनेसियामा सम्पन्न डीआरएस च्याम्पियनसिपको फाइनलमा टर्कीको एसटूजीसँग पराजित भएपछि नेपाली टिम दोस्रो भएको हो ।
फाइनल चरणको खेलमा एसटूजीले १ सय ९० अंक जोड्दा नेपाली टिम डीआरएसले १ सय ५८ अंक जोड्यो । च्याम्पियनसिपमा उपविजेता बनेको डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार हात पारेको छ ।
च्याम्पियनसिपमा सहभागी हुन नेपालबाट दुई टिम इन्डोनेसिया गएका थिए ।डीआरएससँगै इन्डोनेसिया गएको अर्को नेपाली टिम टीटूके च्याम्पियनसिपको १३औँ स्थानमा रह्दै एक लाख ३२ हजार ५ सय डलर पुरस्कार प्राप्त गरेको छ ।