images
images

निर्वाचनको ५१ दिनपछि प्रतिनिधिसभाको पहिलो बैठक, के के छन् कार्यसुचिमा ?


  • 448
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    निर्वाचनको ५१ दिनपछि प्रतिनिधिसभाको पहिलो बैठक, के के छन् कार्यसुचिमा ?

    काठमाडौं । मंसिर ४ को निर्वाचनभएको ५१ दिनपछि प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा आज बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाइने कार्यसुचि छ ।

     प्रधानमन्त्री नियुक्ति र मन्त्रिरिषद गठनबारे संसदलाई राष्ट्रपति कार्यालयले जानकारी गराएको पत्र त्यसपछि पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकलाई सबै दलका प्रमुख नेताले सम्बोधन  गर्नेछन् ।

    पहिलो बैठकमा शीर्ष नेताले शुभकामना दिने विगतकै प्रचलन अनुसार सोमबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत, नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतले धारणा राख्ने बताइएको छ।


    images
    images

    Logo