काठमाडौं । सत्ता गठबन्धनले सबै प्रदेशका मुख्यमन्त्री, सभामुख लगायतका प्रमुख पदको भागबन्डामा टुङ्याएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको बैठकले सहमति जुटाएको हो ।
सहमति अनुसार मधेसमा पहिलो कार्यकाल जसपाले पहिलो र दोस्रो कार्यकाल जनमत पार्टीले मुख्यमन्त्री पाएका छन्। वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ भने दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ ।
गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ । कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ ।
उता सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले र दोस्रो कार्यकाल माओवादीले लिने सहमति भएको छ । प्रदेश १ एमालेले पाइसकेको छ ।