काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य घटाएको हो ।
सो मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७२ रुपैयाँमा झरेको छ ।