images
images

१६ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 


  • 242
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    १६ अर्बको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने लागेको हो । 

    बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको माघ २४ गते परिपक्क हुनेछ भने ९१ दिनको चैत २८ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी असार २६ गते परिपक्क हुनेछ । 

    यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् । 

     


    images
    images

    Logo