काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले कम्पनीको लगानी गर्ने योग्य नेपाली रुपैयाँ तथा अमेरिकी डलर ‘क’ र ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
कम्पनीले एक वर्ष वा सो भन्दा बढी अवधिको मुद्दती निक्षेपमा लगानी गर्ने कम्पनीले जनाएको छ । जसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ जर्गका बैंक तथा वित्तीय संस्थाहरुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीले तोके बमोजिमको कोटेशन सम्बन्धी फाराम भरि सात दिनभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यस्तै, प्रस्तावको मान्य अवधि एक महिनाको हुने कम्पनीको भनाइ छ । प्रस्ताव केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालय बाट प्राप्त भएको प्रस्ताव भने मान्य नहुने कम्पनीले जनाएको छ ।



