काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा ४ विषयमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह गरेको छ । राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै एटीएम प्रयोगकर्तालाई सो जानकारी गराएको हो ।
राष्ट्र बैंकले आफ्नो एटिएम कार्ड र पिन नम्बर अपरिचित वा अन्य जो कोही व्यक्तिलाई शेयर नगर्न आग्रह गरेको छ ।
बैंकले एटीएम प्रयोग गर्दा आफ्नो पिनकोड गोप्य राख्न अनुरोध गरेको छ । त्यस्तै, अपरिचित मान्छेबाट टाढै बस्ने, एटिएम प्रयोग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्न पनि राष्ट्र बैंकले भनेको छ ।
त्यस्तै, केही आवश्यक परे बैंकका कर्मचारीहरुसँग सम्पर्क गरी सहयोग लिन समेत बैंकले अनुरोध गरेको छ ।
