काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य हजार रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।
शुक्रबा प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्यमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।