images
images

सर्वोच्च अदालत बारमा लोकतन्त्रवादीको नेतृत्व 


  • 321
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    सर्वोच्च अदालत बारमा लोकतन्त्रवादीको नेतृत्व 

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनमा लोकतन्त्रवादी समूहले नेतृत्व लिएको छ । एसोसिएसनको शनिबार सम्पन्न निर्वाचनमा लोकतन्त्रवादी समूहले वर्चश्व कायम गरेको हो ।

    एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला विजयी भएका छन् । निरौला १४ मतान्तरले विजयी भएका हुन् । निरौलाले २ सय ८९ मत ल्याउँदा अध्यक्षका प्रतिस्पर्धी प्रगतिशील गठबन्धनका वरिष्ठ अधिवक्ता तुलसी भट्टले २ सय ७५ मत ल्याए । 

    त्यस्तै उपाध्यक्ष, सहसचिवसहित लोकतन्त्रवादी समूहले बहुमत सदस्यमा जित हात पारेको छ । सचिव र कोषाध्यक्ष भने प्रगतिशील समूहले जितेको छ ।


    images
    images

    Logo