images
images

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा


  • 265
    SHARES
  • २०७९ पौष २३ गते शनिबार

    कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

    काठमाडौं । सत्ता साझेदार दलकातर्फ कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा सत्तारुढ दलका शीर्ष नेतालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ कार्यदलले मस्यौदा प्रतिवेदन बुझाएको हो । सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा सत्ता साझेदार दलले यही पुस १४ गते कार्यदल बनाएको थियो ।

    कार्यदलमा नेकपा (एमाले) उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री पौडेलको संयोजकत्वमा नेकपा (माओेवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट धवलशम्सेर राणा र जनता समाजवादी पार्टीका रकम चेम्जोङ सदस्य रहेका छन् ।

    कार्यदलले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठलगायतका शीर्षनेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।

    प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए । 

    शीर्षनेताले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।


    images
    images

    Logo