भक्तपुर । पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको ईच्छा बिपरीत नेपालीले आफैले नयाँ सरकार गठन गरेको बताएका छन् । भक्तपुरको डोलेश्वरमा शनिबार आयोजित नेपाल मार्वल ब्यापार संघ नेपालको दशौं अबिधेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
अहिले नेपाली आफैले सरकार बनाएको देखेर बाह्य शक्तिहरु आत्तिएको र खाईनखाई सरकारलाई गर्भमै तुहाउन दौडधुप गरिरहेको ओलीको आरोप थियो। देशमा बजलफ्ती रुपमा अस्थिरता थोपरिएको भन्दै ओलीले सधै सरकार बनाउने र ढाल्ने खेलमा नेपाली अल्झिराखुन् भन्ने शक्तिले को ठुलो दलाल पाईन्छ भनेर अहिले पनि खोजीरहेको बताए ।
अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने राजनीतिक अस्थिरताकाबीच आफुहरुले स्वाभिमानी सरकार निर्माण सानो कुरा देखिए पनि ठुलो खुसीको बिषय भएको बताए ।

सरकार बन्न पाएको छैन बिश्वासको मत लिन नदिने र दलहरुलाई दलाल बनाउने खेल बाह्य शक्तिले खेलिरहेको ओलीको आरोप थियो । नेपालको बिकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चासो किन ? ओलीले प्रश्न गरे।
मार्वल ब्यापार लगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्युनतम साझा कार्यक्रम मार्फत नै कदम अघि बढाउने आश्वासन दिदै ओलीले यो सरकारले व्यवसायिक वातावरण बनाउने दावी गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफुले बिगत देखिनै सहयोग गर्दै आएको बताउँदै कानुन निर्माण मार्फत समस्या समाधानमा ध्यान दिने बचन दिए । बागमति प्रदेश सभा सदस्य तथा सुर्यविनायक उधोग वानिज्य संघका अध्यक्ष किरण थापाले देश र उद्योगी दुबैको हित हुने गरी कानुन निर्माणमा जोड दिए।
कार्यक्रममा संघका अध्यक्ष लक्ष्मी संग्रौलाले पछिल्लो समय बैकको व्याज तीनगुणासम्म बढेको बताउँदै सरकारले व्यवसायीलाई विभिन्न बाहनामा दुःख दिंदै आएकोले नयाँ सरकारले व्यवसायीलाई राहत दिने कार्यक्रम ल्याउनु पर्ने बताए ।
नेपाल निर्माण सामग्री ब्यापार संघ काठमाडौंका अध्यक्ष अच्युत केसी कटुवालले व्यवसायीमाथि सरकारले अनावश्यक थिचोमिचो गरिरहेको गुनासो गरेका थिए । कार्यक्रममा पुर्व अध्यक्ष ओम प्रकाश गोयल लगायतले मन्तव्य राखेका थिए ।
“स्वदेशी खनिज स्वदेशी हात समृद्ध नेपाल सरकारको साथ ”भन्ने नाराका साथ सुरु भएको अधिवेशनले आगामी चार बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने भएको छ ।



