images
images

आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई


  • 277
    SHARES
  • २०७९ पौष २३ गते शनिबार

    आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई

    काठमाडौं । २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३/२ ले पराजित गर्दै संकटाले उपाधि जितेको हो । 

    संकटाले पहिलो २ गोलको अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । संकटाका लागि कप्तान सुनील वलले निर्णायक गोल गर्दै उपाधि जिताएका हुन् । 

    सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । खेलको ३४ औं मिनेटमा मेसुकीले गोल गरेपछि संकटाले अग्रता दोब्बर बनायो । 

    पहिलो हाफको अन्त्यमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गर्दै खेल २(१ मा ल्याए । 

    बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले  एक गोल थप्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनटको खेल २(२ को बरावरीमा सकएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।खेलको ११६ औं मिनेटमा संकटाका लागि कप्तान सुनील वलले गोल गर्दै संकटालाई जित दिलाए ।


    images
    images

    Logo