काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन पुस २७ गते सार्वजनिक बिदा हुने भएको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
नेपालको भौगोलिक एकीकरण र इतिहांसलाई सम्मान गर्दै पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको साझा कार्यक्रममा उल्लेख छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार साझा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सत्ता साझेदार दलका शीर्ष नेताले सो कार्यक्रमलाई शनिबार अन्तिमरूप दिने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीको दिन बिदा दिनुपर्ने सर्त अघि सारेको थियोे ।



