images
images

काठमाडौंको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी


  • 334
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    काठमाडौंको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

    काठमाडौं । काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ ।टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

    आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

    आगलागी नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताए । आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ ।

     


    images
    images

    Logo