images
images

विदेशबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने शाहसहित ६ पक्राउ


  • 378
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    विदेशबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने शाहसहित ६ पक्राउ

    काठमाडौं ।  अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।

    उनीहरुले नेपालका केही बैंक र अमेरिकामा पनि ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको हो । शाहले केही समयअघि अमेरिकाबाट नेपाल पठाएको पैसा नेपाल राष्ट्र बैंकले रोक्का राखेको थियो । शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए ।

    तत्कालका लागि ठगी मुद्दामा मात्रै कारवाही सुरु हुने भएपनि अनुसन्धानका क्रममा डलरको अवैध तस्करी, क्रिप्टोकरेन्सी लगायतका विषयमा पनि अनुसन्धान हुने प्रहरीले बताएको छ । उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ ।


    images
    images

    Logo