काडमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शुक्रवार भएको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहितको एजलासमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्बोच्चले सो निर्णय गरेसँगै लामिछानेको सांसद र मन्त्रीको पद यथावत रहने भएको छ । अब सो मुद्दाको सुनुवाई माघ ११ गते हुने भएको छ । लामिछानेलाई कामकाजमा रोक लगाउन माग गर्दै परेको रिट निवेदन परेको थियो ।
लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुन: पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।