images
images

५३ खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, अन्तर बैंक ब्याजदर पनि घट्याे


  • 529
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    ५३ खर्ब नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप, अन्तर बैंक ब्याजदर पनि घट्याे

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५३ खर्ब २ अर्ब निक्षेप सङ्कलन भएको हो ।

    पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग  ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा  ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै  ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ । 

    पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थाले  ४७ खर्ब ६७ अर्ब बराबरको कर्जा लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ८६ दशमलव ५६ प्रतिशत छ । बैंकमा लगानीयोग्य रकम बढेकै कारण अन्तर बैंक सापटीको ब्याजदर पनि घटेर ६ दशमलव ८३ प्रतिशत पुगेको छ । 


    images
    images

    Logo