काठमाडौं । मधेश प्रदेश हरिशंकर मिश्र सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २८ पुसको दिउँसो ४ बजेसम्म मुख्यमन्त्रीको लागि दावी पेस गर्ने आह्वान गरेका हुन् ।
मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । त्यसैले बहुमत पुर्याउनको लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।
