काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर संजय यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी ११ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
आयोगले यादवलाइ गत असोज ३१ गते कार्यालय परिसद्बाट पक्राउ गरेको थियो । आयोगका अनुसार यादवले दुईपटक गरी ११ हजार रुपैयाँ बराबरको घुस लिएका थिए । आज यादवलाई बिगोबमोजिम सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।