काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । शुक्रवार नयाँ बानेश्वरमा बसेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ ।
संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने व्यवस्था रहेको छ । सो व्यवस्था अनुसार आगामी माघ ९ भित्र सभामुख र उपसभामुख चयन गर्न लगभग सहमति जुटेको छ ।