images
images

विमानस्थलको भन्सार कार्यालयले राख्यो जफत गरेको १५१ मोवाइल सेट विक्रीमा 


  • 311
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    विमानस्थलको भन्सार कार्यालयले राख्यो जफत गरेको १५१ मोवाइल सेट विक्रीमा 

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत गरेको १ सय ५१ मोबाइल सेट लिलामी विक्रीमा राखेको छ । यात्रु जाँचपासका क्रममा अवैध रुपमा ल्याएको मोवाइल सेट विमानस्थलले नियन्त्रणमा लिएपछि मोवाइल धनी तोकिएको समयमा मोवाइल लिन नआएपछि भन्सार कार्यालयले लिलामीमा विक्रीमा राखेको हो । 

    उक्त मोवाइल खरिद गर्ने इच्छुक फर्म तथा संस्थाले सुचना प्रकासन भएको मितिले १५ दिन भित्रमा गोप्य सिलबन्दी पत्रमा आवदन दिनसक्ने कार्यालयले जनाएको छ । लिलामी विक्रीका लागि राखिएका ती १ सय ५१ मोवाइलको न्युनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ ।  

    लिलामीमा रहेको ती मोवाइल खरिद गर्ने चाहने फर्म तथा संस्थाले भन्सार कार्यालयमा गई हेर्ने सक्ने कार्यालयले जनाएको छ । यसका साथै विदेशबाट नेपाल आउने नेपालीहले आफुले चलाएको मोवाइल भने ल्याउन पाउने व्यवस्था रहेको छ । 


    images
    images

    Logo