images
images

गरिमा विकास बैंकले सीईओलाई दियो १ करोड १० लाख तलव भत्ता


  • 294
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    गरिमा विकास बैंकले सीईओलाई दियो १ करोड १० लाख तलव भत्ता

    काठमाडौं । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई आर्थिक वर्ष २०७८/७९ मा १ करोड १० लाख ८८ हजार २ सय ४१ रुपैयाँ तलब भत्ता दिएको छ । 

    बैंकले गत आर्थिक वर्षमा सीईओलाई तलब, भत्ता, पोशाक, दशैं भत्ता, कर्मचारी संचयकोष योगदान लगायतका शीर्षकमा उक्त रकम भुक्तानी गरेको जनाएको हाे ।

    यस्तै नायब प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवलाई ६४ लाख ६२ हजार ३८ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ ।प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारी बोनश, बिदा बापतको रकम समेत प्रदान गरिएको छ । साथै, सीईओ र नायव प्रमुख कार्यकारी अधिकृतलाई आवासको लागि घर भाडामा लिई उपलब्ध गराईएको छ । 

    सञ्चालक समितिको बैठक भत्ता बापत सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक १० हजार र सदस्यलाई प्रति बैठक ९ हजार रुपैयाँ भत्ता दिइएको छ । बैंकका सञ्चालक श्याम प्रसाद बस्यालले १ लाख ८० हजार रुपैयाँ बुझेका छन् । भने, बैंकका दिपेन्द्र श्रेष्ठले उक्त अवधिमा २ लाख ७४ हजार रुपैयाँ बुझेका छन् । बैंकका अर्का सञ्चालक बिमल पाण्डेले उक्त अवधिमा २ लाख २३ हजार रुपैयाँ बुझेका छन् ।

    यस्तै, बैंकका दुई सञ्चालकले १ लाख ९८ हजार रुपैयाँ भक्ता बुझेका छन् । सञ्चालकहरु आनन्द प्रसाद श्रेष्ठ र संजीव ढकालले सो बराबरको भक्ता बुझेका हुन् । बैंकका सञ्चालक सरस्वती पाठकले उक्त अवधिमा भत्ता स्वरुप १ लाख ९४ हजार रुपैयाँ बुझेकाे बैंकले जनाएको छ । 

    यस्तै, बैंकले बैंकका पूर्व सञ्चालक कुञ्जराज थापालाई २६ हजार रुपैयाँ भत्ता दिएको छ । बैंककाअनुसार थापालाई २०७८ भदौ १२ गतेसम्मको रकम दिईएको हो ।


    images
    images

    Logo