काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।