काठमाडौं । बीपी कोइराला क्यान्सर अस्पताल कर्मचारी माग गरेको छ । अस्पतालले शुक्रवार सूचना जारी गर्दै ५३ जना कर्मचारी माग गरेको हो ।
अस्पतालले खुल्ला तथा समावेशी प्रतियोगितामार्फत परिक्षा लिएर स्थायी रुपमा पदपूर्ति गर्न अल्सल्टेण्ट, रजिस्ट्रार, मेडिकल फिजिसिष्ट, इन्जिनियर, टेक्निसियन र स्टाफ नर्सलगायत रहेका कर्मचारी माग छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने अस्पतालले जनाएको छ ।
