काठमाडौं । सरकारले ७ सचिवको सरुवा गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायालाई अर्थ सचिवमा सरुवा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा । राम प्रसाद घिमिरेलाई अर्थमन्त्रालयको राजश्व सचिवमा सरुवा गरेको छ । अर्थ सचिवको जिम्मेवारीमा रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजश्व सचिव रामेश्वर दंगाललाई अख्तियारमा सरुवा गरिएको छ ।
यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।



