images
images

आन्तरिक राजश्व कार्यालय पुतलीसडकले गर्यो लक्ष्यभन्दा ७८ करोड बढी राजश्व संकलन


  • 489
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    आन्तरिक राजश्व कार्यालय पुतलीसडकले गर्यो लक्ष्यभन्दा ७८ करोड बढी राजश्व संकलन

    काठमाडौं । आन्तरिक राजश्व कार्यालय पुतलीसडकले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ५ महिना लक्ष्यभन्दा धेरै राजश्व संकलन गर्न सफल भएको छ । राजश्व कार्यालय पुतलीसडका अनुसार ५ महिनामा राजस्व सङ्कलन लक्ष्यभन्दा भन्दा २०‍‍.०५ प्रतिशत विन्दुले बढी भएको हो । 

    आन्तरिक राजस्व विभागले वार्षिक रुपमा राजस्व संकलन सय प्रतिशत गर्ने लक्ष्य लिएको छ । तर मंसिर महिनासम्ममा सरकारको राजस्व संकलन ८६.३७ प्रतिशत मात्रै भएको थियो ।  आन्तिरिक राजस्व विभागले १ खर्ब ७४ अर्ब ३७ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको मा १ खर्ब ५० अर्ब ६० करोड रुपैयाँ बराबर मात्रै उठेको छ । यो लक्ष्यभन्दा करिब २४ अर्ब रुपैयाँ कम राजस्व सङ्कलन भएको हो । 

    यसरी लक्ष्यभन्दा कम राजस्व संकलन भइरहेको समयमा आन्तरिक राजश्व कार्यालय पुतलीसडकले भने १ सय २० प्रतिशत संकलन गरेको छ । यो अवधिमा कार्यालयले आयकर मार्फत ३६४.९० प्रतिशत, मूल्य अभिवृद्धि कर ८१.१५ प्रतिशत, अन्तःशुल्क ३९१.१६ प्रतिशत  र शिक्षा सेवा शुल्कबाट ९४.०९ प्रतिशत बराबर राजस्व संकलन गरेको छ ।

    सो अवधिमा कार्यालयले ३ अर्ब ९२ करोड ६ लाख ६३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य थियो तर सो अवधिभित्र कार्यालयले ४ अर्ब ७० करोड ६६ लाख ७२ हजार रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यभन्दा ७८ करोड ६ लाख बढी हो । 

    यो अवधिसम्ममा कार्यालयले आयकर मार्फत २ अर्ब २४ करोड उठाउने लक्ष्य राखेको थियो । तर सो अवधिमा २२ करोड ७ लाख रुपैयाँ बराबर संकलन भएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर १ अर्ब ६३ करोड रुपैयाँ उठाउने लक्ष्य रहेकोमा १ अर्ब ३२ करोड संकलन भएको छ । पाँच महिना अवधिमा अन्तःशुल्कतर्फ ४३ लाख ६० रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकोमा ५ करोड अर्ब ६१ लाख रुपैयाँ संकलन भएको छ । यस्तै, शिक्ष सेवा शुल्कबाट २ करोड २९ लाख बराबरको राजस्व संकलन भएको कार्यालयले जनाएको छ । 

    कसरी बढ्यो राजस्व संकलन ?
    समग्र राज्यको राजस्व संकलन लक्ष्यभन्दा कम भइरहेको समयमा राजश्व कार्यालय पुतलीसडकले भने लक्ष्यभन्दा बढी संकलन गरेको छ । राजश्व कार्यालय पुतलीसडकमा गत भदौमा गजेन्द्र यादव कार्यालयकाे प्रमुख कर अधिकृतमा नियुक्त भएसँगै उनले केही नयाँ तरिकाहरु अपनाए फलस्वरुप राजस्व संकलन पनि बढ्न पुग्यो । 

    उनले  प्रमुख कर अधिकृतको जिम्मेवारी पाएसँगै बक्यौताको सम्बन्धमा सेक्टर वाइज म्यासेज पठाउन लागे, ठूला बक्यौताको २ सय जना करदातालाई फोन गर्ने गरे जसले गर्दा राजस्व संकलनमा वृद्धि भयो । त्यसैगरि उनले आयकर र मूल्य अभिवृद्धि कर बक्यौदा निर्माण व्यवसायी महासंघसँग सहकार्य गरेर, ननफाइलरलाई
    वडा वाइज सेग्रिगेट गरेर स्थानीयसँग सहकार्य गरेर उनले यस्तो सफलता हासिल गर्न सफल भएका हुन् । 

    त्यस्तै, पछिल्लो समय करदाता शिक्षासहितको व्यवसायिक स्थायी लेखा नम्बर (पान) प्रमाणपत्र सुरु गरेका छन् । जसले गर्दा पान प्रमाणपत्र पाएपछि के गर्ने भन्ने सम्बन्धमा करदातामा देखिएको अन्यौलता अन्त्य हुने अधिकृत यादवको भनाइ छ ।


    images
    images

    Logo