images
images

स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुँदै


  • 382
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    स्वदेशी उत्पादनको प्रवद्र्धन गर्न भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुँदै

    काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैँ प्राङ्गारिक कृषि मेला–२०७९ आगामी फागुन २ देखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । 

    ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकामा गर्व गरौँ र मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ नारासहित महासङ्घले तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रर्वद्धन गरी मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी प्रदर्शनी सञ्चालन गर्ने महासङ्घले जनाएको छ । 

    प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, उपयुक्त प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बङ्गलादेशलगायत सार्कमूलुक तथा चीनको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीमा दुई सय कक्षको व्यवस्था हुने महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए । 

    नेपालको जैविक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीलाई समेत आकर्षित गर्न, जैविक उत्पादन उपभोग गर्न, उपभोक्तालाई जैविक उत्पादनका बारेमा सचेतना गराउन, सहजरुपमा जैविक उत्पादन उपलब्ध गराई बिक्री वितरणमा सहयोग पु¥याउने उद्देश्यका साथ अर्गानिक एशोसियशन सँगको सहकार्यमा कृषिका जैविक उत्पादनको छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने भएको छ । 

    विभिन्न अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव कार्यक्रम प्रदर्शनीका थप आकर्षण रहको महासङ्घले जानकारी दिएको छ । महासङ्घको आयोजनामा सह–आयोजकका रुपमा अर्गानिक एशोसियशन अफ नेपाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदूरपश्चिम प्रदेश सरकारलगायत रहने भएका छन् । 


    images
    images

    Logo