images
images

जल तथा मौसम विज्ञान विभाग भन्‍छ – पानी नपरेका कारण प्रदूषण बढ्यो


  • 414
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    जल तथा मौसम विज्ञान विभाग भन्‍छ – पानी नपरेका कारण प्रदूषण बढ्यो

    काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडाैं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । 

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौँ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ ।

    हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडाैं, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) १ सय ५३ रहेको छ । यस्तै भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय आठ र धनकुटाको १ सय ६ रहेको छ । 

    एक्यूआई सूचकाङ्क सयदेखि १ सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा १ सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ ।

    उक्त सूचकाङ्कअनुसार १ सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।


    images
    images

    Logo