images
images

प्रधानमन्त्री कार्यालयमा खटिएका ३५ जना सुरक्षाकर्मी फिर्ता हुने


  • 503
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    प्रधानमन्त्री कार्यालयमा खटिएका ३५ जना सुरक्षाकर्मी फिर्ता हुने

    काठमाडौं । प्रधानमन्त्री कार्यालयले खटिएका ३५ जना सुरक्षाकर्मी फिर्ता हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास र कार्यालयमा खटिएका ३५ जना सुरक्षाकर्मीलाई फिर्ता पठाउने निर्णय गरेको हो । 

    गृहमन्त्रालयले पुस १२ गते कार्यविधि तोकिएको भन्दा बढी खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र र्फिता गर्ने निर्देशन दिएको थियो । सो निर्देशनपछि पुस १९ मा प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेर ३५ जना चालकलाई निरन्तर कामकाज गर्ने गरी अनुरोध गरेको थियो । तर, सो निर्णयबाट प्रधानमन्त्री कार्यालय पछि हटेको हो ।

    कार्यालयमा खटिएका १३ जना प्रहरी जवान, १४ जना प्रहरी हबल्दार, ४ जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी वरिष्ठ हबल्दार र एक जना प्रहरी सहायक हबल्दार छन् ।


    images
    images

    Logo