काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभामा रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
लुम्विनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजिनामा दिएका थिए ।