काठमाडौं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयबाट २६ जना व्यक्ति पक्राउ गरेका छन् । कार्यालयबाट मोटरसाइकल सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप २६ जना व्यक्तिलाई पक्राउ गरेको हो ।
सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।