काठमाडौं । औषधी व्यवस्था विभागले एशियन फार्मास्यूटिकल्स र पानास फार्मास्यूटिकल्स कम्पनीको औषधी बजारबाट फिर्ता गर्न विभागको निर्देशन छ । ती कम्पनीका केही औषधि न्यून गुणस्तरको पाइएको भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो ।
विभागले आज एक सूचना जारी गर्दै बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमूना परीक्षण गर्दा एशियन फार्मास्यूटिकल्सले उत्पादन गरेको एसोटोप–४० र एलओआरइइ १ र पानासले उत्पादन गरेको इएसपीआरओ–४० औषधी विक्री वितरण गर्ने रोक लगाएको हो ।
यी दुई कम्पनीका औषधि बिक्री वितरणमा रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सो औषधिको सिफारिस तथा प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।
