काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी शैलेश श्रेष्ठ र ज्ञान बहादुर दाहालको नाममा रहेको १२ लाख ७३ हजार ९१ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको मूल्य न्युनतम १ सय ४१ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ । कुल बिक्री हुन लागेको शेयरमध्ये १२ लाख ७० हजार १ कित्ता शैलेश श्रेष्ठको नममा रहेको छ भने ज्ञान बहादुर दाहालको नामको शेयर ३ हजार ९० कित्ता रहेको छ ।



