images
images

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 766
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिहीवार मेरो माइक्रोफाइनान्स र प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस २१ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 

    मेरो माइक्रोफाइनान्सको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न माघ ६ गते साधारणसभा बोलाएको छ। 

    त्यसैगरी, प्रिमियर इन्स्योरेन्सले पुस २९ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस अनुसार पुस २१ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo