images
images

संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति


  • 340
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    संसद् सचिवालयको सचिवमा डा पाण्डेको पदोन्नति

    काठमाडौं । सङ्घीय संसद् सचिवालयका सहसचिव डा रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन्। 

    संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको आजको बैठकले उनलाई सचिवमा पदोन्नति गर्ने निर्णय गरेको हो । उक्त समितिमा हाल राष्ट्रियसभा अध्यक्ष, सचिवालयका महासचिव र सचिवालयकै तीन जना सचिव रहेका छन् ।

    त्यसअघि लोकसेवा आयोगको बढुवा समितिले उनलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । उनी हाल लेखा समितिको सचिव, प्रशासन महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारीमा थिए ।

    निजामती सेवामा विस २०६७ चैत २४ गते देखि उपसचिवबाट सेवा प्रवेश गर्नुभएका पाण्डे  विसं २०७३ वैशाख २० गते खुला प्रतिस्पर्धाबाट संसद् सेवाको सहसचिवमा आएका थिए । नेतृत्व व्यवस्थापन विषयमा पिएचडी गरेका उनले त्यसअघि विश्वविद्यालय अनुदान आयोगमा कार्यक्रम अधिकृतका रुपमा पाँच वर्ष काम गरेका थिए । 


    images
    images

    Logo