काठमाडौं । ११ वटा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २७ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदन अनुसार ११ वाणिज्य बैंकहरुले सो बराबरको रकम भुक्तानी गरेका हुन् ।
गत वर्ष ती बैंकहरुले कुल २३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेका थिए । ११ बैंकमध्ये सबैभन्दा धेरै तलब भत्तादिने बैंकमा प्रभु बैंक रहेको छ भने सबैभन्दा कम तलब दिनेमा सेञ्चुरी कमर्सियल बैंक रहेको छ । प्रभु बैंकले ४ करोड माथि तलब दिएको छ भने ३ बैंकले ३ करोड माथि, ३ बैंकले २ करोड माथि र ४ बैंकले १ करोडको रेसियोमा तलब भत्ता भुत्तानी गरेका छन् ।
कसको तलब कति ?
११ बैंकहरुमध्ये सीईओलाई सबैभन्दा धेरै तलब भत्तादिने बैंकमा प्रभु बैंक रहेको छ । सो बैंकले सीईओलाई ४ करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्ष सो बैंकले सीईओलाई ३ करोड ४२ लाख रुपैयाँ दिएको थियो । त्यस्तै, कुमारी बैंकले ३ करोड ९९ लाख रुपैयाँ भुत्तानी गरेको छ भने स्ट्ण्डर्ड चार्टर्ड बैंकले ३ करोड २१ लाख रुपैयाँ सीईओलाई बुझाएको छ ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकले सीईओलाई तलब ३ करोड ट लाख रुपैयाँ दिएका छन् भने मेगा बैंकको सईओले १ वर्षमा २ करोड ९४ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै, सानिमा बैंकका सीईओले २ करोड १४ लाख रुपपैयाँ बुझेका छन् भने ग्लोबल आइएई बैंकले २ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
यस्र्त, १ वर्षमा सिटिजन्स बैंकले सीईओलाई १ करोड ७६ लाख रुपैयाँ प्रदान गरेको छ । एनसीसी बैंकका सीईओले आर्थिक वर्ष २०७८/७९ मा बैंकबाट तलब स्वरुप १ करोड ३२ लाख रुपैयाँ लिएका छन् । बैंक अफ काठमाण्डूले पनि सीईओलाई तलब वापत १ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने सेञ्चुरी कमर्सियल बैंकले १ कररोड १५ लाख रुपैयाँ प्रदान गरेको छ ।




