काठमाडौं । सर्वोच्च अदालतले सक्रिय नभएको सिमिकार्ड अरुलाई बेच्न नपाईने गरि अन्तरिम आदेश जारी गरेको छ । बुधबार अदालतले एक जना व्यक्तिको नाममा जारी भइसकेको सिमकार्ड ‘एक्टिभ’ नभएपनि अरु कसैलाई बेच्न नपाईने भन्दै आदेश जारी गरेको हो ।
सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले हालेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । यस भन्दा पहिले अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् ।
अदालतले उक्त रिटकाे अन्तिम टुंगो नलागिन्जेलसम्म प्राधिरकणको उक्त व्यवस्था कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।