महोत्तरी । महोत्तरीको औरही नगरपालिका ०७ मा अवस्थित ईँटाभट्टामा एक पुरुषको शव भेटिएको छ । एमटीएल ईँटाभट्टामा रहेको परालको छाप्रोमा स्थानीय ५२ वर्र्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।
फेला परेको शवको बायाँ आँखा फुटेको पाइएका कारण झाको हत्या भएको आशंका गरिएको छ । सोमबार साँझदेखि घर नआएका झा, आफूले लामो समयदेखि काम गर्दै आएका ईँटाभट्टामा मृत अवस्थामा भेटिएको महोत्तरीको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र थप जानकारी आउन बाँकी भएको पंगेनीले बताए ।
अत्याधिक पिउने बानी भए पनि झाको कसैसँग व्यक्तिगत दुष्मनी भने नभएको स्थानीय बताउँछन् ।