काठमाडौं । सुदुरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार पुस २५गते बेलुका ५ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेस गर्ने आह्वान गरेका हुन् ।
संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । त्यसैले बहुमत पुर्याउनकाे लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।
