काठमाडौं । काठमाडौं महानगरपालिले महानगरभित्र सञ्चालन हुने विद्यालयमा पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक लगाएको छ । महानगरपालिकाले विभिन्न् संघ संस्थाका नाममा अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले पूर्व स्वीकृति बिना विद्यालयमा प्रवेश गराउन रोक लगाएको हो ।
शिक्षा विभागले सबै विद्यालयमा पत्राचार गरेर विभागको पूर्वस्वीकृति विद्यालयमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानवअधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदिको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीसँग जबर्जस्ती आर्थिक सहयोग माग गर्ने गरेको गुनासो आउने गरेको विभागले जनाएको छ ।
शिक्षक विद्यार्थीलाई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयबाट गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन भनेको हो ।



