images
images

हलगोरु पाल्ने किसानलाई  नगरपालिकाले १० हजार अनुदान दिने 


  • 643
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    हलगोरु पाल्ने किसानलाई  नगरपालिकाले १० हजार अनुदान दिने 

    चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादन घटेर बिदेशबाट खाधान्न आयात बढीरहेका वेला  नगरपालिकाले किसानलाई प्रोत्साहन स्वरुप  अनुदान दिने कार्यक्रम ल्याएको हो ।
     
    स्थानीय उत्पादन बढाएर नगरलाई खाखान्नमा  आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको  नगर प्रमुख बालकृष्ण बस्नेतले बताए । गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि सो कार्यक्रम अघि बढाएको नगर प्रमुख बस्नेतको भनाइ  छ ।

    नगरलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणि पन्थीले बताए । पन्थीका अनुसार हाल अनुदानका लागि नगरपालिकाभित्र हल गोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने काम भइरहेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार  पछिल्लो समय स्थानीय उत्पादनमा जोड दिदै आएको नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टरलगायतका कृषि सामग्रीसमेत प्रदान गर्दै आएको छ ।


    images
    images

    Logo