images
images

फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ


  • 263
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    फरार रहेका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ पक्राउ

    काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ ।काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

    परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि  अदालत पेस गरिएको जानकारी दिए । अदालतले पक्राउ परेकालाई चार वर्ष ११ महिना २८ दिन कैद र ३७ लाख ९० हजार ७ सय ३१ रुपैयाँ जरिवाना असुल गर्न आदेश दिएको थियो  ।

    मङ्गलबारै प्रहरीले २०५० साल साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौँ मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरिएको प्रवक्ता मैनालीले बताए ।


    images
    images

    Logo