पाँचथर । पाँचथरमा भएको आगलागीमा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको फिदिम नगरपालिका ८ स्थीत मेगबहादुर गुरुङको घरमा गएराती आगलागी हुँदा उनकी छोरी र बुहारीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाका अनुसार ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३ वर्षीया आसानसिंह थेबे र २२ वर्षीय छोरी ममता गुरुङ रहेका छन् । आगलागीमा परी ५५ वर्षीय मेघबहादुर गुरुङ र उनका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् ।
घाइतेलाई उपचाका लागि पाँचथर अस्पतालमा ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । सो घरमा ७ जना सुतेकोमा ३ जना भागेर बच्न सफल भएको बताइएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।