images
images

कृषि विकास बैंकले ऋण चुक्ता गर्न दियो निर्देशन, नगरे जमानत बस्नेलाई समेत कालोसूचीमा राख्ने चेतावनी


  • 322
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    कृषि विकास बैंकले ऋण चुक्ता गर्न दियो निर्देशन, नगरे जमानत बस्नेलाई समेत कालोसूचीमा राख्ने चेतावनी

    काठमाडौं । कृषि विकास बैंकले बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई ३५ दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको छ ।  बैंकले ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गर्दै ३५ दिन भित्र  ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने जनाएको छ । 

    बैंकले कर्जारसुविधा लिई भाखा नाघेका ऋणी, प्रोप्राइटर, सञ्चालक साझेदार तथा जमानतदिनेहरू लाई समेत कर्जा चुक्ता गर्न पत्राचार गर्दा पनि वेवास्ता गरि आलटाल गरेर बुझउनु पर्ने रकमको साँवा व्याज नबुझाएका कारण बैंकले ३५ दिने सूचना जारी गरेको हो । 

    सो अवधिमा ऋणीले ऋण चुक्ता नगरेमा जमानतदिनेहरू लाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने र आवश्य कानूनी कारबाही समेत गर्ने बैंकले जनाएको छ । 

    नेशनल भिजन मल्टिप्रपोज एग्रो एण्ड बायो फर्म प्रलीलाई ३५ दिनको समय दिइएको छ । जसको कुल तिनुपर्ने रकम २ करोड ६ लाख ३१ हजार रुपैयाँ रहेको छ । जसको धितो मञ्जुरीनामा जमानतमा रेखा लम्साल खड्का र अमिर खड्का रहेका छन् । 

    त्यस्तै, अनन्त बहादुर खड्काले बुझाउनुपर्ने रकम कुल ४७ लाख ६४ हजार रुपैयाँ रहेको छ । सो ऋणका लागि रेखा लम्साल जमानतमा रहेकी छिन् । अर्को ऋण चुक्ता नगर्ने ऋणीमा रेखा लम्साल रहेकी छिन् । उनले बैंकलाई ४१ लाख ९१ हजार रुपैयाँ तिनुपर्ने बैंकले जनाएको छ । सो ऋणका लागि जमानतमा अमिर खड्का र अनन्त बहादुर खड्का रहेका छन् । 

    त्यस्तै पदमराज शर्माको पनि बैंकको तिनुपर्ने ऋण ४६ लाख ४८ हजार रहेको छ । जसको जमानतमा जयनन्द शर्मा शुष्मा गौतम रहेका छन् भने पदम कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीले ४० लाख ९१ हजार तिर्न बाँकी रहेको बैंकले जनाएको छ । सो ऋणको लागि जमानतमा जयनन्द शर्मा शुष्मा गौतम रहेका छन । 

    सो अवधिमा उनीहरुले ऋण चुक्ता नगरेमा कालोसूचीमा राख्ने र बैंकमा राखेको धितो लिलाम गरी आफ्नो रकम असुल गर्ने बैंकले जनाएको छ ।

    k.JPGkk.JPGkkk.JPG


    images
    images

    Logo