काठमाडौं । आईपीओ निष्काशन गर्न २ कम्पनीले नेपाल धितोपत्र बोर्डको अनुमति पाएका छन् । मंगलवार बीपीडब्लु लघुवित्त र सगरमाथा जलविद्युत कम्पनीले बोर्डको अनुमति पाएका हुन् ।
बीपीडब्लु लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ । सो कम्पनीले आईपीओ निष्काशनको लागि मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यस्तै सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । उक्त शेयर निष्काशनको लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर स्थानिय वासिन्दा र सर्वसाधारणका लागि निष्काशन हुने बैंकले जनाएको छ ।