images
images

‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध


  • 547
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    ‘सिस्टम’मा खराबी आउँदा राहदानी वितरण अवरुद्ध

    काठमाडौं । राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । 

    यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन विभागले आग्रह गरेको छ ।

    राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ । नियमित रुपमा रहदानी आवेदनका लागि ‘एपोइन्टमेन्ट’ मिति बुक गरेका सेवाग्राहीले तोकिएको मितिमा विभागमा उपस्थित हुन आग्रह गरेको छ ।


    images
    images

    Logo