images
images

वार्षिक साधारणसभा नगर्ने सहकारीलाई विभागले दियो यस्तो निर्देशन


  • 395
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    वार्षिक साधारणसभा नगर्ने सहकारीलाई विभागले दियो यस्तो निर्देशन

    काठमाडौं । वार्षिक साधारणसभा नगर्ने सहकारीलाइ ३ बुँदे निर्देशन दिइएको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, बागमती प्रदेश साधारण्णसभा नगर्ने सहकारीहरुका लागि बुँदे निर्देशन जारी गरेको हो । 

    विभागका अनुसार साधारणसभा नगर्ने सहकारीहरुको बचत संकलन र ऋण प्रवाहमा रोक लागाएको छ । अब सभा नगर्ने सहकारीले बचत संकलन र ऋण प्रवाहमा गर्न नपाउने भएका छन् । त्यस्तै, सार्वजनिक बिदाको दिन बाहेक अन्य सबै दिनमा कार्यालय खुला राख्न पनि विभागले सहकारीलाई निर्देशन दिएको छ ।

    मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको देखिएकाले प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आफ्नो कारोबारको अनुपात मिलाउन समेत विभागले निर्देशन दिएको छ । 


    images
    images

    Logo