काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कार्यालयले बुधवार सूचना जारी गर्दै विभिन्न २१ कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मको लागि कालोसूचीमा राखेको हो।
ती कम्पनीहरुलाई कार्यालयले काममा लापरबाही, गुणस्तरहीन काम भएको र ढिलासुस्ती गरेको भन्दै कालोसूचीमा राखेको छ ।
कार्यालयका अनुसार सिल्क मार्केट प्राली, सिल्क सिनोम्याच रग्लोबलम्याटिक्स र विध जेभी र सिम्लेश्वर विल्र्डस ३ वर्षका लागि कालोसूचीमा परेका छन्। भने त्यसैगरी खरिद अनुगमन कार्यालयले हेक्सिङ इलेक्ट्रिकल प्रालीलाई २ वर्षको लागि कालोसूचीमा राखेको छ ।
बाँकी १७ कम्पनीलाई भने १ वर्षका लागि मात्रै कार्यालयले कालोसूचीमा राखेको छ । सो अवधिभर यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।






